एमाले सचिव रोकाको हृदयाघातका कारण मृत्यु

नेकपा (एमाले) रोल्पाका सचिव निमप्रसाद रोकाको हृदयाघातका कारण मृत्यु भएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको हाे।

अधिवेशनको पूर्वतयारीमा जुटेर घर फर्किएका उनले आफूलाई एक्कासी अप्ठ्यारो भएको बताएका थिए। सचिव राेका साथीसँगै घरमा पुगेकाे पारिवारिक स्रोतले जनाएको छ।

उपचारका लागि नुवागाउँ स्वास्थ्य चाैकी लिँदै गर्दा बाटाेमै मृत्युु गएको एमाले रोल्पाले जनाएको छ।

उनको शव नुवागाउँ स्वास्थ्य चाैकीमा राखिएको छ। परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने बताइएको छ। 

राेकाको निधनप्रति एमाले राेल्पाले गहिरो दुःख व्यक्त गरेको छ।

 

प्रकाशित मिति: : 2022-01-05 22:10:00

प्रतिकृया दिनुहोस्