विकासका मुद्दामा साझा सहमति बन्नुपर्छ : नेता पोखरेल

माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षा मन्त्री गिरिराजमणी पोखरेलले विकासका मुद्दामा सबै राजनीतिक दलको साझा सहमति हुनुपर्ने बताएका छन्।

बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच आज हुन गइरहेको साझेदारी छलफलमा नेता पोखरेलले राजनीतिक रुपमा प्रतिस्पर्धा भए पनि पिकाशका बिषयमा साझा सहमति बनाउनु पर्ने जोड दिए। छलफलबाट बर्दिवास अस्पताल र धुलिखेल अस्पतालबीच नैतिक साझेदारी गर्ने विषयमा निष्कर्षसमेत निकालिएको छ।

धुलिखेल अस्पतालबाट आएका चिकित्सक विराट पन्तले बर्दिवास अस्पतालको विकासका लागि जुनसुकै सहयोग गर्ने र यसकालागि द्धिपक्षीय सम्पर्क रहिरहनु पर्ने उनले बताए।

नेता पोखरेलले बर्दिवास अस्पताललाई एउटा उचाई पु¥याउन लागी परेको बताउँदै धरान अस्पतालसँग पनि सहकार्यका लागि छलफल भइरहेको बताए। अस्पताललाई आवश्यक पर्ने जनशक्ति र पारीश्रमिकका विषयमा अस्पताल व्यवस्थापन समितिले तत्काल कार्यविधि तयार गरी छलफल गर्न उनले निर्देशनसमेत दिए।

उनले अस्पताल विकासको लागि सामुदायिक सहयोगको समेत अपेक्षा गरे।  ‘अस्पतालको भौतिक र गुणस्तरीय विकासको लागि सामुदायिक प्रतिबद्धता र सहयोगको जरुरत पर्छ।’ उनले भने।

अस्पतालका कर्मचारीहरूलाई बाहिर नकारात्मक टिकाटिपणी नगर्न समेत उनले आग्रह गरे। अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई लक्षित गर्दै उनले भने, ‘चित्त नबुझेका बिषयमा जनप्रतिनिधिहरूसँग छलफल गराँै, तर बाहिर टिक्काटिपणी नगरौ।’

अस्पतालमा २४ घण्टा सुविधा सुरु गरिएको छ भने दैनिक चारदेखि पाँचजनाको प्रसुति भैइरहेको छ। अस्पतालमा ४० जना कर्मचारी र चिकित्सक छन्। अस्पतालमा ओपिडी र इमरजेन्सी दुबै सेवा छ। दैनिक दुई सय बिरामी आउने यो अस्पताल जिल्ला कै पहिलो कोभिड अस्पताल पनि हो।
 

प्रकाशित मिति: : 2022-01-08 14:18:00

प्रतिकृया दिनुहोस्