माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई कोरोना संक्रमण पुष्टि

file photo
file photo

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको सामाजिक सन्जालमार्फत् जानकारी दिएकी हुन्। अहिले उनीहरु दुवै जना होम आइसोलेशनमा छन्।

‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवैजना होम आइसोलेशनमा !!’, उनले फेसबुकमा लेखेकी छिन्।

माओवादी केन्द्रको आठौं महाधिवेशन समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाइसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2022-01-09 12:05:00

प्रतिकृया दिनुहोस्