तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

File Photo
File Photo

तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ। ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ। तानसेन–६ वडा कार्यालय रहेको भवनमा इ चौतारीले सेवा दिएको छ। कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ। तानसेनका नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताएका छन्। 

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण ल्याउन थालिएको बताएका छन्। ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा उक्त नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ। तानसेन नगरपालिकाले ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशनमा ल्याएको छ। फरक क्षमता भएका दृष्टिविहीन नागरिकको बजेट तथा सूचनासम्बन्धी पहुँच विस्तार गर्न ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशन गरिएको जनाइएको छ।

जिल्लामा पहिलो पटक ब्रेललिपिमा बजेट समावेश गरी पुस्तिका प्रकाशनमा ल्याइएको हो। फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेट पुस्तक अध्ययन गरी नगरपालिकाको बजेटसम्बन्धी जानकारी पाउन सहजता हुने नगर प्रमुख शाहीले बताए।

 नगरपालिकाभित्रका फरक क्षमता भएका नागरिकको चाहना र मागअनुसार बजेट पुस्तक ब्रेललिपिमा प्रकाशित गरिएको हो। नगरको बजेट, नीति तथा कार्यक्रम सर्वसाधारणको फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेटसम्बन्धी पुस्तक ब्रेललिपिमार्फत अध्ययन गर्ने व्यवस्था गरिएको नगर प्रमुख शाहीले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: : 2022-01-10 13:33:00

प्रतिकृया दिनुहोस्