अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार

उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिना अघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापद्धि उद्धार गरिएको छ।

उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो। त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए।

ती शिक्षक र विद्यार्थीको खोजीका लागि नाइजेरिया प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो। प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ।

केबेइ प्रान्तीय सरकारका प्रवक्ता याहा सार्कीले सो कुराको जानकारी दिए। उनले आइतबार पत्रकार सम्मेलन गरेर प्रहरीले लामै समयको खोजीपछि ती शिक्षक र विद्यार्थीलाई अपहरणमुक्त गराउन सकेको बताए।

उनले भने–‘नाइजेरियामा पछिल्लो समयमा  हतियारधारी आतंककारीहरुले विद्यालयमा आक्रमण गर्ने र शिक्षक र विद्यार्थीलाई अपहरण गरी लैजाने गरेका छन्। विद्यालयको सुरक्षाका लागि पनि प्रहरीले विशेष सुरक्षा दस्ता तयार पारेको छ।’

प्रकाशित मिति: : 2022-01-10 16:15:00

प्रतिकृया दिनुहोस्