लागुऔषधसहित छ पक्राउ

file photo
file photo

प्रतिबन्धित लागुसहित छ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा–१० बस्ने १८ वर्षीय  सुमितकुमार बानियाँ रहेका छन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक स्थित शङ्कर केसीको घरमा डेरा गरी बस्ने पक्राउ परेकामध्ये विशालको कोठामा लागुऔषधसहित उनीहरुलार्ई पक्राउ गरिएको हो। 
 

प्रकाशित मिति: : 2022-01-10 21:22:00

प्रतिकृया दिनुहोस्