प्रमको पिसिआर रिपोर्ट नेगेटिभ

file photo
file photo

प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। कन्ट्याक ट्रेसिङमा पर्नुभएका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ। रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेल हाल होम आइसोलेसनमा बस्नुभएको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ। 
 

प्रकाशित मिति: : 2022-01-10 21:54:00

प्रतिकृया दिनुहोस्