यसकारण बदनाम भयो मिडिया अवार्ड

पुराना चलचित्र पत्रकार मित्रसँग अनामनगरमा मट्का चिया पिउँदै थिएँ। एकजना (मैले नचिनेका अवार्ड आयोजक ) पात्र आइपुगे र मेरा मित्रलाई भने– ‘दाई दुबईमा अवार्ड गर्न लागेको, दुई जना मान्छे पुगेन कोही छ भने भनिदिनुस् न।’

कति हो नि पैसा ? ति मित्रले सोधे। जवाफ दिँदै अवार्ड आयोजकले भने ‘एकलाख २० हजार। दुबई पनि घुमाउछौं अवार्ड पनि दिन्छौं।’

‘खै को पाइएला र ! भेटेँ भने भनौंला। अनि मलाई कति आउछ ?’ ति मित्रको प्रश्नको जवाफ दिँदै आयोजकले भने ‘तपाईलाई एकजनाको पाँच हजार।’

अवार्ड आयोजक पुरस्कृत व्यक्तित्व खोज्न हिँडे। एकछिन हाम्रो गफको मेलो अवार्डकै विषय भयो। नेपाली चलचित्रका हरेक गतिविधिका सन्दर्भमा ‘अपडेट’ भइरहने ति मित्रले सुनाए ‘अचेल नेपालमा मात्रै हैन विदेशमा पनि अवार्ड हुन थालेको छ। अवार्ड गर्नेहरु मालामाल छन्।’

प्रकाशित मिति: : 2022-01-11 11:24:00

प्रतिकृया दिनुहोस्