पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने टिपर चालक पक्राउ 

Symbolic photo
Symbolic photo

काठमाडौंको बिजुली बजारमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका टिफर चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ का ३६ वर्षीय दुर्गा श्रेष्ठ रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। 

कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिकलाई टिपरले आइतबार राति ठक्कर दिएर फरार भएको थियो। 

टिफरको ठक्करबाट बिकको मृत्यु भएको थियो। पक्राउ परेका श्रेष्ठबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-11 15:52:00

प्रतिकृया दिनुहोस्