नेपालमा थप २,४४४ जनामा कोरोना पुष्टि

देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

१० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ। साथै मृत्‍यु हुनेको संख्या ११ हजार ६०७ पुगेको र ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2022-01-11 16:49:00

प्रतिकृया दिनुहोस्