भाइलाई हराएर नेकपा एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर

file photo
file photo

नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न्। मंगलबार गरिएको मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन्। विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्य २ सय १७ मत ल्याएर विजयी भए। करवीरले २ सय १० मत प्राप्त गरेका थिए। खीम र कवीर दाजुभाइ हुन्। खीम दाइ हुन्। करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए।

यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न्। उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन्। नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन्। गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न्।  यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली  र नर बहादुर बस्नेत  निर्वाचित भएका छ्न्। नेपालीले  सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न्। बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न्।

उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न्। शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए। 

प्रकाशित मिति: : 2022-01-11 20:20:00

प्रतिकृया दिनुहोस्