कांग्रेस भ्रातृसंस्थाको कन्तबिजोग

अनलाइनखबर

काठमाडाैँ

विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने पार्टी महाधिवेशन झण्डै ६ वर्ष पुग्नै लाग्दा सम्पन्न गरेको नेपाली कांग्रेसको भ्रातृसंस्थाहरुको अवस्था भने दयनीय बन्दै गएको छ ।

पार्टीका शक्तिका रुपमा चिनिने भ्रातृसंस्थाहरु लामो समयदेखि अस्तित्वको संकटमा छन् । बल्लबल्ल पार्टी महाधिवेशन गरेको कांग्रेसलाई यतिबेला भ्रातृसंस्थाहरुको बिजोगले अत्याएको छ ।

प्रमुख भ्रातृसंस्था नेतृत्वविहीन छन् भने अधिकांश दशौं वर्षसम्म अधिवेशन गर्न नसकेर तदर्थवादबाट सञ्चालित छन् । कांग्रेसमा भ्रातृसंस्थाको आवधिक महाधिवेशन निकै टाढाको विषय बन्न थालेको छ ।

प्रकाशित मिति: : 2022-01-12 16:12:00

प्रतिकृया दिनुहोस्