महिलाको विद्रोहले जन्माएको पद्‌मकन्या

शिलापत्र

काठमाडौँ

‘केटीहरूले पनि पढ्न पाउनुपर्छ।’

२००४ सालताका जोडतोडले आवाज उठ्यो। मङ्गलादेवी सिंह, सहाना प्रधान, कामाक्षादेवीलगायतका नेतृहरूले तत्कालीन प्रधानमन्त्री पद्‌म शमशेरको दरबारमै पुगेर धर्ना दिए। नेपालमा भर्खर-भर्खर शैक्षिक जागरण चल्न सुरु गरेको समयमा महिलाहरूले यसरी विद्रोह गर्नुलाई अर्थपूर्ण रूपमा हेरियो।

महिलालाई उच्च शिक्षा प्रदान गर्न छुट्टै शिक्षण संस्था खुल्नुपर्छ भनेर व्यापक दबाब बढेपछि पद्‌म शमशेरले डिल्लीबजारमा रहेको आफ्नो निजीघर उपलब्ध गराए। र, १७ असाेज वि.सं. २००८ मा खुल्याे– पद्‌मकन्या कलेज।

स्थापना हुँदा पद्‌मकन्या कलेजले भारतको काेलकाता विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो। त्यतिबेला नेपालमा विश्वविद्यालय नभएकाले भारतका विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरू सञ्चालित थिए । पछि पद्‌मकन्यालाई पनि काेलकाता विश्वविद्यालयबाट पटना विश्वविद्यालयमा स्थानान्तरण गरियो। 

प्रकाशित मिति: : 2022-01-13 10:26:00

प्रतिकृया दिनुहोस्