मासिए हिटी, सुके मूल

रानीपोखरी र जमलको आरसिटी क्लब अगाडि मल्लकालमा बनेको एउटा हिटी छ। त्यसलाई झंगछकु भनेर चिनिन्छ। व्यापारको सिलसिलामा ल्हसा तथा तिब्बततिरबाट आउने मान्छेहरू त्यसै धारामा नुहाइधुवाई गर्नुपर्ने नियम थियो।

यहाँ नुहाएपछि मात्रै असन छिर्न पाउँथे। यहाँ नुहाएपछि अन्नपूर्ण देवता (इटाचपा) भएको ठाउँमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियम थियो। अनि मात्रै यात्रुहरू यताउता गर्न पाउँथे।

हाल उक्त हिटी पुरिइसकेको छ। सम्पदा संरक्षण महाअभियानमा लागेका यादवलाल कायस्थ भन्छन्, ‘त्यो नियम किन थियो ? अहिलेको भाइरसका संक्रमण र बनेका नियमले हिटीको महत्व दर्शाउँछ।’

प्रकाशित मिति: : 2022-01-14 10:08:00

प्रतिकृया दिनुहोस्