पढाइ छोड्न बाध्य 'अनागरिक'हरू

शिलापत्र

काठमाडौँ

वीरगञ्जका विवेक रौनियार डाक्टर बन्न चाहन्थे। एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण गरेपछि उनले डाक्टर बन्ने सपना बोकेर प्लस टुमा विज्ञान संकाय पढे । काठमाडौंको ट्रिनिटी कलेजबाट २०७५ मा प्लस टु पास गरे।

प्लस टुुको प्रमाणपत्र बोकेर जब उनी एमबीबीएस पढ्ने फारम भर्न पुगे, तब छाँगाबाट खसेजस्तै बने। कलेजले आन्तरिक रूपमा लिने परीक्षाको फाराममै नागरिकता नम्बर भर्नुपर्ने भयो। ‘धेरै हारगुहार गरेँ। तर, कलेजमा सुनुवाइ नै भएन,’ उनी भन्छन्।  त्यसपछि आफूले पढाइ नै त्यागिदिएको विवेक सुनाउँछन्।

परिवारमा दाइको नागरिकता बन्यो तर उनको बनेन। उनको बुुबाको जन्मसिद्ध र आमाको वंशजको नागरिकता छ। सरकारले ०६३ मा नागरिकतासम्बन्धी नयाँ ऐन ल्याउँदा चैत ०४६ सम्म नेपाल सरहदभित्र जन्म भई स्थायी रूपमा बसोबास गरेकालाई जन्मका आधारमा नागरिकता दिने व्यवस्था गरेको थियो । यही प्रावधानका आधारमा विवेकका दाइले नागरिकता पाए।

 

प्रकाशित मिति: : 2022-01-14 11:55:00

प्रतिकृया दिनुहोस्