राइड सेयरको नाममा बार्गेनिङ गरेर यात्रु ठग्दै ‘इनड्राइभर’

शिलापत्र

काठमाडौँ
File Photo
File Photo

काठमाडौं उपत्यकामा ट्याक्सीको बार्गेनिङ देखेर वाक्क भएका शिक्षित भट्टले त्यो समस्यामै व्यवसाय पहिल्याए। समस्यामा परेका यात्रुलाई चर्को भाडा असुल्ने ट्याक्सीको मनोमानी हटाउन उनले २०७३ मा टुटल एप ल्याए।

यो एपमा बार्गेनिङको झन्झट थिएन। त्यसै गरी बाइकमार्फत राइड सेयर गरिने हुँदा यात्रुलाई ट्याक्सीभन्दा धेरै सस्तो पर्न जान्थ्यो। टुटल चर्चित हुँदै गर्दा अशिममान सिंह बस्न्यातले दुई वर्षपछि ०७५ मा पठाओ एप नेपाल भित्राए।

पठाओ पनि सेवाग्राहीमाझ निकै लोकप्रिय बन्यो। हाल टुटलले बाइक र ट्याक्सीमा सेवा दिइरहेको छ भने पठाओले बाइक, ट्याक्सी र खाना डेलिभरिको सेवा सञ्चालनमा ल्याएको छ। यी राइड सेयर एप चर्चित हुँदै गएपछि दर्जनौँ राइड सेयर कम्पनी खुलेका छन्। कुनै नाममा मात्रै सीमित छन् भने केही एपचाहिँ सफलता प्राप्त गर्न संघर्षरत छन्।

राइड सेयरको यही भिडमा नेपाल भित्रिएको एप हो – इनड्राइभर।

टुटल र पठाओजस्ता कम्पनीले केही हदसम्म ट्याक्सीको मनोमानी हटाउन प्रयास गरिरहँदा इनड्राइभरले भने नयाँ तरिकाले बार्गेनिङलाई प्रोत्साहन गरिरहेको छ। सन् २०१२ मा रसियाबाट सुरु भएको यो एप ३८वटा देशका ५ सय भन्दा धेरै शहरमा प्रयोगमा रहेको इनड्राइभरको वेबसाइटमा उल्लेख छ। 

प्रकाशित मिति: : 2022-01-17 10:09:00

प्रतिकृया दिनुहोस्