देशद्रोहको अभियोग सामना गर्न कियेभ पुगे युक्रेनका पूर्वराष्ट्रपति पोरोसेन्को

Photo: Genya Savilov/AFP/Getty Images
Photo: Genya Savilov/AFP/Getty Images

युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्को देशद्रोहको आरोपको सामना गर्न सोमबार कियेभ पुगेका छन्। आफ्नो उत्तराधिकारी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सहयोगीहरूले लगाएको आरोप झुटो भन्दै उनले देशद्रोहको आरोप अस्वीकार गरेका छन्।

वारसाबाट प्लेनमा कियेभ आइपुगेपछि विमानस्थलमा भएको अवरोधमा उनले आफ्नो पासपोर्ट सीमा सुरक्षाकर्मीहरूले खोसेको बताए।विमानस्थलबाट बाहिर झण्डा फहराउँदै गरेका समर्थकको भीडले उनलाई स्वागत गरेकाे थियाे।

आलोचकहरूले युक्रेनले सम्भावित रूसी सैन्य आक्रमणको लागि तयारी गरिरहेको र पश्चिमी सहयोगीहरूलाई समर्थनको लागि अपील गरिरहेको बेलामा पोरोसेन्कोको सुनुवाईले जेलेन्स्कीको सरकारसँग विरोधाभास खडा गरेको एक विचलन भएकाे समेत भनेका छन्।

पश्चिमी कूटनीतिज्ञहरूले पोरोसेन्कोको आगमन अघि युक्रेनमा राजनीतिक एकताको लागि आह्वान गरेका थिए।

सन् २०१४-१५ मा पदमा रहँदा अवैध कोइला बिक्रीमार्फत रुसी समर्थित पृथकतावादी लडाकुहरूलाई आर्थिक सहयोग गरेको आरोपमा पोरोसेन्कोमाथि अनुसन्धान भइरहेको छ। उनको पार्टीले जेलेन्स्कीलाई राजनीतिक विपक्षीलाई चुप लगाउन लापरवाही प्रयास गरेको आरोप लगाएको छ।

जेलेन्स्कीको प्रशासनले अभियोजनकर्ता र न्यायपालिका स्वतन्त्र रहेको बताउँदै पोरोसेन्कोलाई आफू कानूनभन्दा माथि भएको ठानेको आरोप लगाएको छ।

'हामी यहाँ पोरोसेन्कोको रक्षा गर्न आएका होइनौं, युक्रेनलाई एकताबद्ध गर्न र जोगाउन आएका हौँ,' पोरोसेन्कोले भीडलाई भने।

राज्य अनुसन्धान ब्यूरो (डीबीआर) का प्रवक्ता टेटियाना साप्यानले पोरोसेन्कोलाई सोमबार अदालतमा उपस्थित हुन निवेदन पठाएको एक ब्रिफिङमा बताइन्।

'तर पेट्रो पोरोसेन्कोले प्रक्रियागत कागजातहरू प्राप्त गर्न अस्वीकार गरे। अनुसन्धानकर्ताको कानुनी आवश्यकताहरूलाई बेवास्ता गरे र उनीसँग भएका व्यक्तिहरूले शारीरिक प्रतिरोध गरे जुन भिडियो रेकर्डिङमा रेकर्ड गरिएको थियो।' टेटियानाले भनिन्।

युक्रेन र युक्रेनका सहयोगीहरूले आफ्नो सिमाना नजिकै दशौं हजार रूसी सेनाहरू जम्मा गरेकोबारे चेतावनी दिरहेका छन्।

हप्तौँदेखिको कूटनीतिले कुनै सफलता हासिल नगरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रूसले आक्रमणको बहाना तयार गरिरहेको तर क्रेमलिनले 'निराधार' भनी खारेज गरेकाे बतायाे। एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-01-17 17:05:00

प्रतिकृया दिनुहोस्