पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण

File Photo
File Photo

ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ। ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो।

अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन्। शनिवार टापु राष्ट्र तोंगामा आएको ज्वालामुखी बिस्फोटमा ठूलो क्षति भएको थियो। खरानी र समुद्रको पानीले पानीको आपूर्तिमा असर गरेको छ। ज्वालामुखी बिस्फोटमा तीन जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2022-01-20 13:25:00

प्रतिकृया दिनुहोस्