कोभिड: के मानिसबाट जनावरमा कोभिड सर्न सक्छ र फेरि मानिसमा फैलन सक्छ?

बिबिसी

नविन सिंह खड्का

हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो।

हङकङका अधिकारीहरूका अनुसार पसलमा बेच्न राखिएको कुनै सङ्क्रमित ह्याम्सटरबाट मानिसमा भाइरस सरेको हुनसक्छ।

यहाँ भाइरस कसरी सर्‍यो भन्ने यकिन हुन नसके पनि स्वास्थ्य वैज्ञानिकहरू जनावरहरूमा भाइरस उत्परिवर्तन भएर मानिसहरूमा नयाँ महामारी निम्त्याउन सक्ने कुरामा चिन्तित छन्।

हङकङमा ठूलो सङ्ख्यामा ह्याम्सटरहरू मारिएको घटना धेरै देशहरूमा समाचारको शीर्षक बन्यो।

अधिकारीका हातबाट ह्याम्सटरहरू मारिनबाट जोगाउन मानिसहरूले यसलाई पाल्न प्रस्ताव गरेको र यी जनावर मारिनुअघि नै मानिसहरू घरपालुवा जनावरका पसलमा जाँदै गरेको समाचारहरू प्रकाशित भए।

जनावरहरूमा कोभिड फैलिएका धेरैमध्येको यो पछिल्लो एउटा घटना मात्र थियो।

जनावरको स्वास्थ्यका लागि विश्व सङ्गठन(ओआईई)ले १७ प्रकारका जनावरमा ६२५ वटा कोभिड सङ्क्रमणका घटना भएको गत महिना जनाएको छ।

विभिन्न ३२ वटा देशको तथ्याङ्कमा सिंह, बाघ देखि कुकुर, बिरालो र बन बिरालोसम्म छन्।

प्रकाशित मिति: : 2022-01-24 07:43:00

प्रतिकृया दिनुहोस्