अब नेपाली नायिकाहरू पनि व्यस्त युट्युबर

नेपाली चलचित्रवृत्तकी महँगी नायिकाको उपाधि पाएकी साम्राज्ञी राज्यलक्ष्मी शाह राणा युट्युबरप्रति सकारात्मक छैनन्। युट्युबरले नेपाली कलाकारको धज्जी उडाएको भनेकी साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेकी थिइन् ‘यदि हामीलाई युट्युबमा अन्तर्वार्ताका लागि बोलाउने हो भने, पारिश्रमिक दिनुपर्छ।’

यिनै नायिकाले तीन दिनअघिबाट आफ्नो नाममा नयाँ युट्युब च्यानल सुरु गरेकी छन् । ‘यसआरएलएस’ च्यानल खोलेकी साम्राज्ञीले एउटा भ्लगसमेत पेस गरेकी छन्।

उनले आफ्नो च्यानलमा आफ्नो सपिङदेखि प्रियंका कार्की र आयुस्मान देशराज जोशीको अन्तरवार्तासमेत राखेकी छन् । उनले अब आफ्नो र समाज’bout नयाँ नयाँ खबर लिएर आउने बताएकी छन्।

प्रकाशित मिति: : 2022-01-26 12:07:00

प्रतिकृया दिनुहोस्