भिजिट भिसामा मानव तस्करी

 भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ। वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरेका छन्। यसमा तस्कर, म्यानपावर व्यवसायी, प्रहरी तथा अध्यागमन विभागलगायतको मिलेमतो पाइएको छ। ठगिएका पीडितले धमाधम उजुरी दिन थालेपछि तस्करी हुने गरेको खुलेको हो।

मानव तस्करी र बेचबिखनका उजुरी बढेको मानव बेचबिखन अनुसन्धान ब्युरोका इन्सपेक्टर मधु खड्काले बताए। ‘यसरी गएका श्रमिक गन्तव्यस्थलमा अलपत्र परेको उजुरी आउने क्रम बढ्दो छ,’ उनले भने, ‘दुबईमा भिजिटमा गएर अलपत्र गरेका १२ जना युवाले हालै अनुसन्धान ब्युरोमा आएको छ।’ कतिपय युवा जानाजान श्रम स्वीकृति नलिएर भिजिट भिसामा जाने गरेको पाइएको छ। अधिकांशलाई भने तस्करले झुक्याएर पठाउने गरेका छन्। भिजिट भिसाबारे अध्ययन गर्न सरकारले श्रम, गृह, परराष्ट्र तथा पर्यटन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल नै गठन गरेको छ।

ठगीमा परेको र उजुरी गर्ने क्रम सुरु भएको गुनासो आउन थालेपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्या समाधान गर्न चासो देखाएका हुन्। आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा खाडी पु¥याएर अलपत्र पार्नेलाई कारबाही गर्ने श्रेष्ठ बताउँछन्। ‘सरकार यसमा गम्भीर छ,’ उनले भने। ठग्ने कार्यमा मेनपावर, कन्सल्ट्यान्स, ट्राभल्स सञ्चालक, दलाल  तथा बिचौलिया संलग्न पाइएको छ। 

प्रकाशित मिति: : 2022-02-03 10:41:00

प्रतिकृया दिनुहोस्