पुरानो साथीको गुन तिर्ने बेला भएन र !

अनलाइनखबर

काठमाडौँ

मेरो घर बाहिर अलिपर एउटा दूध डेरी छ। त्यसछेउ रहेको गल्लीमा कच्याक-कुचुक परेको एउटा चोक छ। त्यहाँ ६ वटा कुकुर बस्छन्। खरानी रङ्गको सिमेन्टको घरमा टाँसिएर बस्ने ती कुकुरहरू कहिलेकाहीं त्यही घरको भित्तामा नै बिलाउँछन्। झन् बाटोमा हिंड्ने बटुवाले त उनीहरूलाई देख्दै देख्दैनन्।

कहिलेकाहीं खाना पाइहालेछन् भने फुत्रुक्क उफ्रेर निस्किन्छन्। अनि बटुवालाई ढ्याप्पा गर्दिन्छन्। आबुई १ भनेर ती बटुवाले कहिले ढुङ्गा टिप्छन्, कहिले चप्पल !

यी कुकुरले मलाई ढुङ्गा र चप्पल झट्टी हान्न खोज्ने मान्छेको अवतारमा मलाई देख्न पाएका छैनन्। म तिनीहरूको अस्तित्व केही कुकुरको रूपमा खरानी रङ्गका भित्तेबुट्टामा हराएको देख्न चाहन्नँ। मेरा लागि उनीहरू खैरे, आमा, चमचम, सीता, गीता, बजु र कालु हुन्। म उनीहरूमा श्वास फेरिरहेको, भोक, प्यास, पीर, माया जस्ता भावनाहरू अनुभव गर्न सक्ने जीवन्त आत्मा देख्दछु।

प्रकाशित मिति: : 2022-02-07 12:58:00

प्रतिकृया दिनुहोस्