तालिवानले अफगानिस्तानको सत्ता कब्जा लिएपछि देशबाट निक्लिएका अफगानिस्तानी महिला फुटबल टोली अभ्यासमा फर्किएको छ। टोलीलाई मैदानमा फर्कने माहोल सृजना गरेको छ, अष्ट्रेलियाको ए लिग टिम मेलवर्न भिक्टोरीले।
गत अगष्टमा २० वर्षपछि तालिवानले अफगानिस्तान नियन्त्रणमा लिँदा महिला खेलाडी आफ्नो भविष्य खतरापूर्ण देखेर अष्ट्रेलिया पुगेका थिए। जहाँ खेलाडीलाई मेलवर्न भिक्टोरीले समर्थन गर्यो।
अफगानिस्तान टोलीले यस वर्ष भिक्टोरियाको सिनियर महिला प्रतियोगितामा सहभागिता जनाउन खोजिरहेको छ। त्यसैले उनीहरूले शनिबार मेलवर्नमा आफ्नो पहिलो अभ्यास सत्र पूरा गरे। ‘पूरा खेलाडीसँगै खेल्न निकै उत्साहित छन्,’ टिम कप्तान तथा गोलरक्षक फातिमाले भनिन्।
यस वर्ष अफगानिस्तान टिमले भिक्टोरिको ब्यानरमा खेल्नेछ। जसलाई क्लबले पूरा समर्थन गर्ने जनाइएको छ। अफगानिस्तान महिला टोली सन् २००७ मा स्थापना भएको थियो। उसले आफ्नो पहिलो आधिकारीक खेल सन् २०१० मा नेपालविरुद्ध खेलेको थियो। अफगानिस्तानले सन् २०१२ मा कतारविरुद्ध पहिलो जित निकालेको थियो।