कसरी जोगाउने तराई-मधेशमा बढ्दो मरुभूमिकरण?

हिमाल खबर

गोविन्दराज पोखरेल
महोत्तरीको गौशाला–१२ को बाँके खोला क्षेत्रमा बगरमा परिणत खेतीयोग्य जमीन। तस्वीर: हाम्रो चित्रघर।

पहाडी तथा चुरे क्षेत्रमा भइरहेको नदीजन्य पदार्थको दोहनले तराई-मधेश क्षेत्रमा बढिरहेको मरुभूमीकरण जोगाउन तीनै सरकार र सरोकारवाला निकायले आवश्यक कदम चाल्नुपर्ने समय भइसकेको छ।

एरिक पी. एकहोल्मले नेपालका पहाडको समेत चर्चा गरेर लेखेको लुजिङ ग्राउन्ड, इन्भाइरोमेन्टल स्ट्रेस एन्ड वर्ल्ड फूड प्रोसपेक्टस् पुस्तकमा ‘पर्यावरणको क्षयीकरण आर्थिक, सामाजिक र राजनीतिक अपर्याप्तता अर्थात् गरीबीको कारणले हुन्छ’ भनेका छन्। सन् १९७६ मा प्रकाशित यो पुस्तकमा लेखकले अर्थशास्त्री, वनविज्ञ, इन्जिनियर, कृषिविज्ञ र पर्यावरणविद्ले देशको विकासमा देखिएका समस्या समाधानका उपायको आआफ्नै ढङ्गले व्याख्या गरे पनि उनीहरूबीच समन्वय नहुने गरेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2022-02-07 17:22:00

प्रतिकृया दिनुहोस्