नेटवर्किङमा फस्दै आफन्त

धनकुटाका राम केसी दुई वर्षअघि जोसियल नेटवर्किङ व्यवसायमा जोडिए। साथीको कुरा काट्न नसकेपछि नेटवर्किङ राम्रो होइन भन्ने जान्दाजान्दै डलर कमाइ हुने र साथीको मन पनि रहने ठानेर ८ हजार रुपैयाँमा ३ महिनाको प्याकेज खरिद गरे।

३ महिनामै साँवा पाइने र अर्को ३ महिनामा दोब्बर आम्दानी हुने साथीको आश्वासन थियो। ‘बरु म पैसा सापटी हालिदिन्छु। तपार्इं नेटवर्किङमा जोडिनैपर्छ। भनेपछि जोडिएँ,’ केसीले भने, ‘हालसम्म सावाँ नै पाउन सकेको छुइन। दोब्बर पाइने त सपना नै भयो।’

साथीको व्यवहारमा शंका लाग्न थालेपछि उनले जोसियलका बारेमा गुगल, युट्युबमा हेर्न थाले। त्यहाँबाट यो ठीक होइन भन्ने लाग्यो र निष्क्रिय बसें। ‘जोसियल नेटवर्किङ पन्च स्क्यामिङ सञ्जाल हो।

यो कहीँ पनि दर्ता छैन,’ उनी भन्छन्, ‘सदस्य बनाउँदै नयाँबाट लिने र पुरानालाई दिने नै यसको आम्दानी र कारोबार रहेछ।’ जोसियलले सामाजिक सञ्जालमा विभिन्न ब्रान्डका प्रोडक्टको विज्ञापन गर्न लगाउँछ। कम्पनीहरूसँग सम्झौता गरी पैसा लिएर विज्ञापन गराएबापत ती सदस्यलाई पैसा दिने आश्वासन दिइन्छ।  

प्रकाशित मिति: : 2022-02-08 10:23:00

प्रतिकृया दिनुहोस्