पोखराका मेयरको साढे चार वर्ष : जताततै असफल, गफमै बित्यो कार्यकाल

उकेरा

काठमाडौँ

२०७४ सालको स्थानीय निर्वाचनमा दलहरुले घोषणापत्रमार्फत आफ्ना प्रतिबद्धता जनतासामु सार्वजनिक गरे। आफूले चुनाव जितेको खण्डको घोषणापत्र अनुसार नै काम गर्ने बाचासमेत उम्मेदवारहरुले गरेका थिए।

पोखरा महानगरपलिकाका मेयरका उम्मेदवारहरुले पनि निर्वाचनका बेला यस्तै प्रतिबद्धता जनाए। जनताको विश्वास जित्न आकर्षक चुनावी घोषणापत्र बनाएर उनीहरु मैदानमा उत्रिएका थिए।

पोखरामा महानगरमा नेकपा एमालेका तर्फबाट मानबहादुर जिसी र कांग्रेसका तर्फबाट रामजी कुँवर उम्मेदवार बनेका थिए। निर्वाचनमा नेकपा माओवादी केन्द्रको समेत समर्थन पाएर नेकपा एमालेका उम्मेदवार जिसीले कांग्रेसका कुँवरलाई भारी मतान्तरले पराजित गरे।

निर्वाचनमा खडा भइरहँदा जिसीले मतदातामाझ आकर्षक घोषणापत्रमार्फत आफ्ना धारणा सार्वजनिक गरेका थिए। तर महानगरको नेतृत्व गरेको साढे चार वर्षको अवधिमा उनले व्यक्तिगत रुपमा आफूलाई मात्र आर्थिक लाभ हुनेगरी विभिन्न विवादास्पद परियोजना अगाडि बढाएपछि उनी निकट दलकै नेता–कार्यकता समेत रुष्ट बनेका छन्। 

 

प्रकाशित मिति: : 2022-02-08 10:35:00

प्रतिकृया दिनुहोस्