एमसिसी बहस : हलो अड्काउने, गोरु पड्काउने

उकेरा

काठमाडौँ

मन र मस्तिष्कबीच चल्ने युद्ध सबैभन्दा भयानक युद्ध हुने रहेछ। केही दिनदेखि मेरो मन त्यस्तै युद्धले भयभीत छ, जति माओवादी युद्धकालमा थिएन। किनकी, त्यतिबेला यसरी विषयको गाम्भीर्यता नबुझेकोले हुनसक्छ।

मनयुद्धको अन्तिम निचोड नेपालको राजनीतिक भविष्य कता जाने होरु हामी जस्ता भविष्य खोज्ने युवाहरुको सपना र कल्पनाले कस्तो रुप पाउने होरु त्यसैले युद्ध मनमा मडारिरह्यो।

यही बीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम कर्पोरेसन च्यालेन्ज ९एमसिसी०लाई पठाएको पत्र सहितको तथ्य बाहिर आयो र त्यसमा क्रिया(प्रतिक्रिया आइरहेका छन्।

पत्र सार्वजनिक भएसँगै तीनतिर फर्किएका प्रमख दलहरु एउटै कोठामा घोत्लिन बाध्य भए। प्रचण्डले वक्तव्य नै निकालेर प्रष्टीकरण दिने प्रयास गरे, तथ्यलाई तोडमोड गरियो भनेर। तथ्य र अभिव्यक्तिबीच कति तालमेल छ भन्ने कुरा उहाँ र उहाँको सचिवालयलाई जानकारी होला। 

प्रकाशित मिति: : 2022-02-09 11:27:00

प्रतिकृया दिनुहोस्