मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरिएको छ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरेका हुन्।
खेलाडी तथा अफिसियलको बिदाई गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए।
उनले सहभागी खेलाडीलाई शुभकामना दिँदै सचेत भएर प्रतियोगिता खेल्न सुझाव दिएका थिए।
प्रतियोगिता आगामी सोमबार र मंगलबार सञ्चालन हुने आयोजकले बताएको छ।
बिदाई कार्यक्रममा स्की संघका महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ र सदस्य अर्जून महर्जनको उपस्थिति रहेको थियो।