फगत गठबन्धन सत्य हो

शिलापत्र

खगेन्द्र संग्राैला

सरकार गठबन्धनको छ। गठबन्धन माने टालाटुली बाटुली। पार्टी नाउँका पाँचवटा टाला छन्, विल्कुल फरक–फरक रङका। यिनै टाला जोडजोड गरी बनेको छ यो टालाटुली सरकार। पाँचमुखे यी टाला पाँचतिर फर्केका छन्। अल्पसंख्या, अल्पमत र अल्पक्षमता यी टालाको दुःखद विशेषता हो। यिनै अल्पहरूलाई निम्छरो सुपरग्लुले टाँसेर बनेको छ गठबन्धनको यो पाङदुरे सरकार।

यी अल्पहरू आपसमा टाँसिदा गठे सरकार संख्यामा, मतमा र क्षमतामा पूर्ण, समग्र र सिङ्गो संरचना बनेको कदापि होइन। यो त केवल स्वार्थी अल्पहरूको प्राविधिक थुप्रीकरण हो। जब एक्लैको संख्या, मत र क्षमता नपुग्नेहरू तालुमा आलु फलेर गठबन्धनका नाउँमा सत्तासीन हुन पुग्छन्, तब सत्तामा सुरु हुन्छ गाईजात्रा, जस्तो अहिले भइरहेछ।

प्रकाशित मिति: : 2022-02-10 19:32:00

प्रतिकृया दिनुहोस्