अर्जुनलाई ज्योतिषको सुझाव, पूजा र हवन गरिहाल्नु

दक्षिण भारतीय स्टार अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन्। उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ। फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन्।

यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन्। अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन्। किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन्।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन्। खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन्। करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन्। यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ।

यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन्। त्यसपछि उनी फिल्म ‘पुष्पा २’ को तयारीमा लाग्नेछन्।

प्रकाशित मिति: : 2022-02-13 09:47:00

प्रतिकृया दिनुहोस्