रेखा थापाको दोस्रो विवाह, पहिलो श्रीमानबाट पुष्टि

नायिका रेखा थापाको विवाहको समाचार बाहिरिएको छ। उनको विवाह जाजरकोट थातथलो भएका बलराम शाहीसँग भयो रे भनिएको छ। तर, उनी कहाँ बस्छन् भन्ने बारेमा फरक खाले समाचार आएका छन्, कतिपय सञ्चारमाध्यमले इजरायलमा बस्दै आएका पर्यटन व्यवसायी भनेको छ, कतिले अमेरिका निवासी भनेको छ। नेपाली सञ्चारमाध्यमले पस्केका यी दुई खाले तथ्यले भ्रम सिर्जना गरेको छ। 

जहाँका भए पनि बलराम  नायिका रेखाका दोस्रो श्रीमान् भएजस्तो छ। तर, चलचित्रमा झै रेखाले कस्ले भन्यो हाम्रो विवाह भएको भनेर इन्कार गरिन् भने केही भन्न सकिन्न्। त्यसैले अहिलेलाई यो समाचारलाई पनि शंकाको सुविधा दिनुपर्ने हुन्छ।

हुन त केही समय अगाडि नै रेखाले विवाह गर्ने कुरा सार्वजनिक भएको थियो । तर, त्यसलाई उनले गसिप बनाएर उल्टै सञ्चारकर्मीहरूलाई उडाउदै भनेकी थिइन्,  'विवाह त हुन्छ तर चलचित्रमा' । उनले त्यति मात्र हैन, विवाह घोषणा गरेर नै हुन्छ, गुपचुप हुदैन पनि भन्न भ्याएकी थिइन्।

नायिका रेखा थापाको दोस्रो विवाहको पुष्टी पहिलो श्रीमानले गरिदिएका छन्। पहिलो श्रीमान छवि ओझाले रेखाको दोस्रो विवाह वलराम शाहीसँग भएको र आफूले शुभकामना दिएको बताएका छन्। 

तर, नेपाली सेलिब्रेटीको कुरा र विश्वसनियता उस्तै उस्तै हुन् । उनले त्यसो भनेको केही समयपछि नै उनको दाबी उल्टो समाचार आयो । अर्थात्, उनको रिलमा हैन रियलमै विवाह भयो र विवाह घोषणा गरेर हैन, गुपचुप भयो। 

तर, रेखाजस्ती पेज थ्री न्युजमेकरको विवाह लुक्ने कुरै थिएन । केही दिनमै छताछुल्ल भैहाल्यो । अहिले नेपाली पेज थ्री रेखा थापाको विवाहको समाचारले रंगिएको छ। रेखाको विवाह माघ १४ गते भए पनि समाचार चाँहि त्यसको दुई सातापछि भ्यालेन्टाइन सातामा  ब्रेकिङ गरिएको छ। 

रेखा आफैले विवाहका बारेमा बाइट दिन भ्याएकी छैनन् तर उनका पूर्वपति छविराज ओझाले फोन गरेर बधाइ दिएको बताएका छन्। उनलाई समाचार सूत्र बनाएर यो विवाह भएको पुष्टी गरिएको छ। 
 

प्रकाशित मिति: : 2022-02-15 04:46:00

प्रतिकृया दिनुहोस्