सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरणको खेलमा रेलिगेशन क्षेत्रमा रहेका ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अंक बाँडेसँगै दुवै टोलीलाई घाटा भएको छ। दुवै टोली हाल रेलिगेशन जोनमा छन् ।च्यासल ६ अंकसहित पुछारमा छ । बीबीसी भने एक स्थान माथि उक्लिएको छ। उसको ११ खेलबाट सात अंक छ।
च्यासलका राजिव लोप्चाङ र विकास मेराग्लिया गोल गर्नबाट चुकेका थिए। यता, बीबीसीका भुवन बस्नेत, शिशिर लेखी, रोशन राना मगर गोल गर्नबाट टाढा रहे। यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्सलाई ३(३ गोल अन्तरको बराबरी खेल्दै अंक बाँडे।