एमसीसी अनुमोदनको सकस

के होला एमसीसी ?

सरकारले बहुचर्चित एमसीसी बुधबारको प्रतिनिधिसभा बैठकमा पेस गर्न जोडबल गरेको छ। त्यसको तयारी स्वरूप प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बिहानदेखि राजनीतिक परामर्शमा सक्रिय रहे। प्रधानमन्त्री देउवाले आफ्ना पार्टी कांग्रेसको संसदीय दलको बैठक बसाले।

कांग्रेसकै केन्द्रीय कार्यसम्पादन समितिले एमसीसीबारे १२ बुँदे धारणा तय गरेको छ। तर, सत्तारुढ गठबन्धनका अरू दलले मुख खोलेका छैनन्। यसअघि फरक–फरक धारणा देखिएको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादीले बुधबार बिहान आआफ्नो संसदीय दलको बैठक बोलाएका छन्।

कांग्रेसले कुनै पनि बहानामा एमसीसी सभामुखले रोक्न नमिल्ने स्पष्ट पारेको छ। ‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको यो संवेदनशील विषय तथा आमचासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसद्मा प्रस्तुत र छलफल गराउनु सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न मिल्दैन’, कार्यसम्पादन समितिको निर्णय छ, ‘यो संवेदनशीलतालाई बुझेर तत्काल यो विषयलाई संसद्को एजेन्डा बनाउनु सभामुखको जिम्मेवारी हो।’

प्रकाशित मिति: : 2022-02-16 10:05:00

प्रतिकृया दिनुहोस्