टीका सरको ‘फार्मस्टे’, जहाँ विदेशीले काम गर्छन्

शिलापत्र

मिलन आचार्य

क्यानडाकी इमी इलामको माइपातालमा दूधको क्यान बोकेर बेच्न निस्किइन्। स्थानीयहरूले अनौठो मानेर हेरिरहे। डेरीमा दूध दिएर उनी बस्दै गरेको ‘फार्मस्टे’ फर्किइन्। उनीसँगै आएका दुई जना सहयात्री नेपालीपन रमाइलो मानिरहेका थिए। इमीसँगै उनीहरूले गाई दोए, गाईको गोबर सोहोरे, घाँस काटे, थलो–भकारो गरे। नेपालको ग्रामीण भेगका मानिसले गर्ने घरको धन्दा गरे। र, घुम्न निस्किए। माईपोखरीको हुस्सु र कुइरोसँग हराइगए।

इमीलाई नेपाल औधी मन पर्‍यो। उनी फेरि भ्रमण गर्ने मौका मिलेमा नेपाल आउने भइन्।

प्रकाशित मिति: : 2022-02-17 09:27:00

प्रतिकृया दिनुहोस्