एमसीसी नेपाल: के सम्झौतालाई लिएर अमेरिका र चीन आरोपप्रत्यारोपमा ओर्लिएका हुन्

बिबिसी

काठमाडौं

मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गतको अनुदान सम्झौताविरुद्ध नेपालमा 'मिथ्या सूचना फैलिनुमा चीनको हात रहेको' धारणा वाशिङ्टनले राखेको विवरण प्रकाशित भएपछि चिनियाँ सरकारी मुखपत्रले अमेरिकाले आफ्नो देशविरुद्ध नेपाललाई प्रयोग गर्न खोजिरहेको आरोप लगाएको छ।

यसै साता वाशिङटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा एमसीसीविरुद्ध मिथ्या सूचना फैलनुमा चीनको हात रहेको आफ्नो देशले ठानेको बताएका थिए।

चीनले एमसीसीविरुद्ध मिथ्या सूचना फैलाउने अभियानमा 'सक्रिय रूपमा उक्साएको वा प्रोत्साहन गरेको वा लगानी गरेको वा सहजीकरण गरेको वा ती सबै गरेको" अमेरिकालाई लाग्छ भनेर भारतीय अखबार दि हिन्दुस्तान टाइम्सले सोधेको प्रश्नमा प्रवक्ताले त्यस्तो जबाफ दिएका थिए।

सो आरोप सार्वजनिक भएसँगै चिनियाँ ग्लोबल टाइम्समा चिनियाँ इन्स्टिच्युट अफ इन्टर्न्याश्नल स्टडीजका एशिया प्रशान्त विभागका प्रमुख लान जिआनसूले अमेरिकाले चीन र नेपालबीच बेमेल र विवाद जन्माउने उद्देश्य राखेर चीनलाई बदनाम गराइरहेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2022-02-17 11:16:00

प्रतिकृया दिनुहोस्