त्रिविमा राजनीतीकरणको पराकाष्ठा

त्रिविमा हरदम तालैताला, जहाँ पढाइ होइन, राजनीति मात्रै हुन्छ

अन्नपूर्ण पोष्ट

राजकरण महतो

त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ। तर, वर्तमान निराशाजनक। देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ। जहाँ पठनपाठन कम हुन्छ। ज्यादा हुन्छ राजनीति। राजनीतिक आग्रह/पूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ। एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ। त्यो पनि तालामाथि ताला लगाएका छन्।

प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको किडा स्थल पनि बनेको छ। उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन्। जहाँ ढोकामा असन्तुष्ट समूहले तालामाथि ताला झुन्ड्याएका छन्। विद्यार्थीदेखि प्राध्यापक संघसंगठनले ताला लगाउन होडबाजी गरेका छन्।

प्रकाशित मिति: : 2022-02-18 08:08:00

प्रतिकृया दिनुहोस्