पहिलो दलित महिला सीडीओ सीताको संघर्षगाथा- पँधेरोमा पानी थाप्न दिँदैनथे, होटलमा खाएको भाँडा मझाउँथे

शिलापत्र

नवराज कुँवर

बिहीबार साँझदेखि सीता परियारलाई फोन उठाउन भ्याइनभ्याइ छ। उनी दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुने नेपालकै पहिलो महिला बनेकी छन्।

गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय हुम्लाको कमाण्ड सम्हाल्ने जिम्मा पाएकी सीतालाई हिजो साँझदेखि नै आफन्त, साथी, सहकर्मी, शुभचिन्तकको फोन आइरहेको छ। हिजाेसम्म उनी भक्तपुरको सहायक प्रजिअ थिइन्। 

संघीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रजिअलाई राहदानी र नागरिकता वितरण गर्नेदेखि सुरक्षा व्यवस्था मिलाउनेलगायत थुप्रै अधिकार हुन्छ। यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनार प्रजिअ बने पनि महिला प्रजिअ भने भएका थिएनन्। सीताले त्यो खाली ठाउँ भरिदिएकी छन्।

प्रकाशित मिति: : 2022-02-18 18:40:00

प्रतिकृया दिनुहोस्