नायक पल शाहले आफूमाथि लागेको आरोप रियल हिरो कि प्ले˗ ब्वाईबारे बेलेका छन्। हिजो सामाजिक सञ्जालमा भाइरल भएको आडियामा उनले आफनो स्वर नभएको बताएका हुन्।
पलले गायिका समिक्षा अधिकारीलाई आफना सहकर्मीले आफु विरुद्द उकासेको आरोप लगाएका छन्। पलले आफनो फेसबुकमार्फत उक्त भनाई सार्वजनिक गर्दै आफना सहकर्मीले समिक्षालाई आफूविरुद्द भड्काएको बताएका हुन्।
उनले लेखका छन्–फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ।
साथै पलले लेखेका छन्– अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु। प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ।