जिन्दगीभर पढाएर जम्मा गरेको २९ लाख मोबाइलमा प्राप्त एउटै प्रलोभनले स्वाहा !

लोकान्तर

गगन अर्याल

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ की ५८ वर्षीया गीता (नाम परिर्वतन) शिक्षण पेशाबाट अवकाश प्राप्त व्यक्ति हुन् । २०७७ सालको मंसिरमा पेशाबाट अवकाश पाएपछि उनी काठमाडौंमा एक्लै बस्दै आएकी थिइन् । 

उनका २ छोरीहरू बेलायतमा बस्दै आएका छन् । अवकाशपछि उनी छोरीहरूसँगै बस्न बेलायत जाने योजनामा थिइन् । काठमाडौंमा एक्लै भएकाले छोरीहरूले उनलाई बोलाइरहेका थिए । 

उनको दैनिकी समाजिक सञ्जाल फेसबूक चलाउँदै बित्थ्यो । बेला–बेलामा छोरी तथा नातिनातिनासँग म्यासेन्जरमार्फत कुराकानी गर्थिन् । 

विक्रम संवत् २०७७ माघमा फेसबूकमा डीआर जोन लाउरेन्स नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले रिक्वेस्ट त्यो स्वीकार गरिन् । 

म्यासेन्जरमा कुराकानी पनि हुन थाल्यो ।  कुराकानीका क्रममा एकदिन उनलाई ह्याट्स एपमा जोडिन अनुरोध आयो ।  ह्वाट्स एपमा जोडिइन् ।

ती व्यक्तिले एक दिन उनलाई सुनको सिक्रीदेखि ५० हजार र १ लाख ५० हजार पाउन्डसम्म जित्न सक्ने चिठ्ठा भरिदिएको छु, पर्‍यो भने ह्याट्स एपमा फोन आउन सक्छ है भन्ने जानकारी दिए ।

त्यसको २ दिनपछि उनलाई ह्वाट्सएप नम्बर ९८०९४६९४८१५९, ३८०९१६९४८१५९ र ९९४४०२६८३०३२ बाट तपाईंलाई ९० लाख नेपाली रुपैयाँबराबरको चिठ्ठा परेको छ भनेर फोन आयो । 

गीताको खुशीको सीमा रहेन । काठमाडौंमा भएको घर र अवकाशपछि आएको पैसा लिएर बेलायत जाने योजनामा थिइन् । त्यो पैसा खर्च नहुने भयो भन्दै मनमनै हर्षित् थिइन् ।

प्रकाशित मिति: : 2022-02-22 18:17:00

प्रतिकृया दिनुहोस्