यी अभिनेत्रीसँग चौंथो विवाहको तयारीमा एलन मस्क

स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले अष्ट्रेलियाकी अभिनेत्री, पटकथाकार, लेखक र निर्देशक नताशा बेसेटसँग विवाह गर्ने भएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले निकट भविष्यमा बिहे गर्ने तयारी थालेको डेलीले जनाएको छ।

२ सय ३३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक मस्कको यसअघि तीनवटा विवाह असफल भइसकेको छ। जसबाट उनको छ वटा सन्तान छन्।

डेलिमेलको रिपोर्टका अनुसार २७  वर्षीया बेसेट ५० वर्षीय मस्कसँग प्रभावित हुनुको कारण उनको सम्पत्ति नभएर उनको व्यक्तित्व हो।

प्रकाशित मिति: : 2022-02-23 06:31:00

प्रतिकृया दिनुहोस्