एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

बिबिसी

स्वेच्छा राउत

विवाहको मण्डपमा दुईजना पण्डित मन्त्र पढिरहेका थिए। पण्डित भन्ने बित्तिकै धेरैको कल्पनामा सामान्यतया पुरुष पात्र देखिन सक्छन्, तर यहाँ दुवै पण्डित महिला थिए। उनीहरूको निर्देशन अनुरूप बेहुला र बेहुलीले विधि पूरा गर्दै थिए।

नेपाली समाजमा परम्परागत ढङ्गमा हुने विवाहभन्दा फरक देखिएको यस विवाहलाई क्यामेरामा कैद गरिरहेकी थिइन् अर्की महिला नै।

विवाह थियो काठमाण्डूकी सुवेक्षा पौडेलको।

चलनचल्तीको विवाह समारोहभन्दा फरक लाग्ने यस समारोहबारे तब चर्चा भयो जब 'टेल्स अफ मोडर्न बुहारी' नामक इन्स्टाग्राम ह्यान्डलमार्फत् एउटा प्रश्न सार्वजनिक भयो: 'तपाईँले आफ्नो विवाहमा कुन एउटा विधि त्याग्नुभयो?'

एउटा होइन यस प्रश्नको जवाफको लामै सूची थियो सुवेक्षासँग।

प्रकाशित मिति: : 2022-02-24 14:33:00

प्रतिकृया दिनुहोस्