तँ केटी होस् कि क्या हो ? घरको काम मात्र गर्छस् !

अनलाइनखबर

भूमिकाकुमारी विष्ट

घना जंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी । पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन् । ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन् ।

छाप्रोका झ्यालका काठ पनि कुहिएर भत्किने अवस्थामा छन् । स्कुल जाने समय बाहेक उनी घरबाट विरलै बाहिर निस्कन्छन् । स्कुल नगएको दिन बाआमा घर नहुँदा उनी दिनभरि त्यही छाप्रो कुरेर बस्छन् । भत्किन लागेका भित्तामा प्वालबाट बाहिरको संसारलाई नियाल्छन् भने कति बेला दैलामा बसेर खोलापारिको जंगलमा के होला भनेर मस्तिष्क मन्थन गर्छन् ।

प्रकाशित मिति: : 2022-02-25 13:43:00

प्रतिकृया दिनुहोस्