बाबुरामको प्रश्न- अहिले विरोध गर्नेले एमसीसी सम्झौता गर्दा किन विरोध नगरेको ?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नरहेको बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई एमसीसी पास गर्न आपत्ति मान्न नहुने बताएका छन्।

'म प्रधानमन्त्री भएको समयदेखि नै एमसीसी नेपालमा सुरु भएको हो। मैले धेरैपटक यसका नियम हेरेकाले छु। यो पास गर्न आपत्ति मान्नु पर्दैन,' उनले भने।

उनले नेपालको विकासका लागि एमसीसी भित्र्याउने सम्झौता भएको बताउँदै यो राष्ट्रघाति नहुने प्रष्ट्याएका छन्।

‘म नैतिक जिम्मेवार लिन्छु। राष्ट्रघाती छैन एमसीसी। यो त नेपालको पूर्वाधार विकासका लागि गरिएको सम्झौता हो। यो तुरुन्त पारित गरिनुपर्छ,' उनले भने। उनले एमसीसी जस्तो सामान्य अनुदानलाई नेपालमा ठूलो बनाइएको समेत टिप्पणी गरेका छन्।

उनले एमसीसी सम्झौता गर्दा विरोध नगर्नेहरूले अहिले किन विरोध गरिरहेको भन्दै प्रश्नसमेत गरेका छन्। नेपालका विकासका लागि गरिएको सम्झौताको विरोध गर्नुको कुनै अर्थ नहुने भट्टराईले बताए।

प्रकाशित मिति: : 2022-02-27 17:39:00

प्रतिकृया दिनुहोस्