फिफाले गर्‍याे रुसको राष्ट्रिय झन्डा प्रतिबन्ध

File photo
File photo

रुसले आगामी खेलहरू फुटबल युनियन अफ रुस (आरएफयू) को रूपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको  छ।

रुसका राष्ट्रपती भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो। आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झन्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो।

फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सवर्गमा नगर्ने निर्णय गरिसकेको छ। यस्तै, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सयुक्त रूपमा रुसमा खेल्न अस्वीकार गरेका छन्।
 

प्रकाशित मिति: : 2022-02-28 14:26:00

प्रतिकृया दिनुहोस्