गण्डकीमा राजमोको धक्का, समर्थन फिर्ता लिए सरकार ढल्ने निश्चित

File Photo
File Photo

अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित भएसङ्गै रास्ट्रिय जनमोर्चाले गठबन्धन त्यागेको छ। यद्यपि गठबन्धनबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै छ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनबाट बाहिरिएको सार्वजनिक विज्ञप्ती जारी गरेसँगै हलचल पैदा भएको छ। गण्डकीमा अहिले गठबन्धन सरकार छ। एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार हटाएर जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो। 

कांग्रेसका कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा जनमोर्चाले समर्थन फिर्ता लिए यसै पनि अल्पमतमा पर्छ। ६० सदस्यीय प्रदेश सभामा जनमोर्चाका २ सदस्य रहेका छन्। जनमोर्चाले साथ छोड्दा गण्डकीमा नेपाली कांग्रेस १५, नेकपा माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादी २ र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित २९ सांसद हुन्छन्। जनमोर्चाका ३ मध्ये कृष्ण थापा कारबाहीमा परेपछि एक पद रिक्त छ।

जनमोर्चा संसदीय दलकी नेत्री पियारी थापाले अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने यकिन नभएको बताइन्। उनले गठबन्धन त्यागे पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको स्पष्ट पारिन्।

प्रकाशित मिति: : 2022-02-28 18:29:00

प्रतिकृया दिनुहोस्