द्वन्द्वग्रसित युक्रेनीको सान्त्वनाको लागि संगीतरहित शो

photo: Emporio Armani/ CNN
photo: Emporio Armani/ CNN

रूस–युक्रेनी द्वन्द्वमा परेका मानिसलाई सान्त्वना दिनकाे लागि जर्जियाे अरमानीले माैन मिलान फेशन शाे काे आयाेजना गरेका छन्। उनले आफ्नो नियमित कार्यक्रम बन्द गरेर  आइतबार मौन ऐक्यबद्धता शाे  आयाेजना गरेका हुन्।

याे सँगै उनी यसमा ऐक्यबद्धता जनाउने पहिलाे डिजाइनर बनेका छन्। 

संगीतरहित याे शाे ले द्वन्द्व ग्रसित युक्रेनीहरूकाे पीडा केही हदसम्म कम गर्नमा सहयाेग हाेस् र स्फूर्तिदायी बढाेस् भने शाे काे आयाेजना गरेकाे उनले बताएका छन्। जहाँ मानवता र हृदयको साथ फेशन ब्रान्डहरूले ऐक्यबद्धता जनाएका थिए।

मोडेलहरूले शान्त क्याटवाक गर्दा श्रोताहरूले पेस्टल रङहरू र चम्किलो, कालो र चाँदीको लुगाहरूमा छोटो ज्याकेटहरू लगाएका थिए।

फेशन डिजाइनरको ट्विटरमा कालो ब्यानरकाे पोस्टमा लेखिएको थियो,'युक्रेनमा भएको त्राशदीमा संलग्न व्यक्तिहरूप्रति सम्मानको संकेतको रूपमा कुनै पनि संगीत प्रयोग नगर्ने मैले निर्णय लिइएको हो।'

‘सबैभन्दा राम्रो कुरा भनेको सन्देश पठाउनु हो कि हामी उत्सव मनाउन चाहँदैनौं किनभने हाम्रो वरिपरि काेही धेरै विचलित भइरहेको छन्,' भावुक हुँदै ८७ वर्षीय डिजाइनरले भनेकाे सीएनएनले जनाएकाे छ।

पुरुष र महिला दुबै मोडलहरूले कालो मखमली कोट, ज्याकेट र ट्राउजरहरू 'फल-विन्टर २०२२' संग्रहको लागि कहिलेकाहीँ निलो र रातो ट्रिमको ड्याबसहित र्‍याम्पमा सहभागी भएका थिए। जहाँ इलेक्ट्रिक नीलो रेशम साँझको गाउन र स्लिभलेस ब्लाउजहरू, एम्ब्रोइडर्ड टपहरू, लामो सेतो ओभरलहरू र फूलहरू प्रिन्टहरू पनि थिए।

जर्जियाे अरमानीद्वारा सन १९७५ मा स्थापना गरिएको चर्चित इटालियन लक्जरी फेशन हाउस विश्वमै चर्चित ब्राण्ड हो। यसले पुरुष र महिलको कपडा, रेडी-टु-वेयर, छालाका सामान, जुत्ता, घडी, गहना, सामान, चश्मा, सौन्दर्य प्रसाधन र घर भित्री सामानहरू डिजाइन, निर्माण, वितरण र खुद्रा बिक्री गर्दछ। यो इटालीको दोस्रो ठूलो फेशन समूह मानिन्छ, जसको कुल आम्दानी सन् २०२०मा ९ करोड युरो थियो।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-02-28 19:43:00

प्रतिकृया दिनुहोस्