बेँसीसहर-चामे सडक दुई साता बन्द हुने

File photo
File photo

बेँसीसहर–चामे सडक दुई साता बन्द हुने भएको छ। मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि २० फागुनदेखि ५ चैतसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ। यो मनाङ जोड्ने एक मात्रै सडक हो।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएकाले सडको विकल्प नहुँदा सडक बन्द गर्नु परेको बताए। उनले भने, गत असारमा आएको बाढीले तिमाङ छ्हराको काठेपुल बगाएको थियो।

बाढीपश्चात राखिको काठेपुल पनि जीर्ण भएकाले ढलानसहितको कल्भर्ट निर्माण गर्न लागिएको हो। बेँसीसहर चामे सडकको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ।

प्रकाशित मिति: : 2022-03-01 12:39:00

प्रतिकृया दिनुहोस्