बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा लैजाने

File Photo
File Photo

बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएकाे छ।

जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए। उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेकाे थिए।

बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए।

उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हाैं। मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ।’

ऋण लगेकाे पैसा फिर्ता गर्छु भनेर बाेलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे। प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रकाशित मिति: : 2022-03-01 13:19:00

प्रतिकृया दिनुहोस्