बुटवल–नारायणगढ सडक विस्तार सकिन अझै दुई वर्ष लाग्ने, ३ वर्षमा सकियो १५ प्रतिशतमात्रै काम

सेतोपाटी

काठमाडाैँ

के तपाईं नारायणगढ–बुटवल सडकमा यात्रा गर्नुभएको छ? गर्नुभएको छ भने अवश्य पनि तपाईंको यात्रा कष्टकर भयो होला।

यदि पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने मानसिक रूपमा तयार भएर निस्कनुहोला, तपाईंले गर्न लागेको यात्रा सहज हुनेवाला छैन।

निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनका कारण सडकको यात्रा निकै पट्यार लाग्दो हुनेछ।

यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ ।

प्रकाशित मिति: : 2022-03-01 16:29:00

प्रतिकृया दिनुहोस्