यी कम्पनीका शेयरले लगानीकर्तालाई बनायो करोडपति

शिलापत्र

काठमाडाैँ

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल धितोपत्र बोर्डमा सूचिकृत भएका कम्पनीहरूको संख्या २ सय २५ छ । यसरी सूचिकृत कम्पनीहरूको धितोपत्रको बजार पुँजीकरण झण्डै ४० अर्ब रुपैयाँको हाराहारीमा छ । लगानीकर्ताको संख्या पनि ४५ लाखको हाराहारीमै छ । 

गत आर्थिक वर्ष २०७७/७८ शेयरबजारका लागि सुखद बनिदिँदा नेप्से सूचकले ३२ सयको नयाँ रेकर्ड कायम गर्न पुग्यो भने कारोबार २२ अर्बसम्म पुग्यो । लगानीकर्ताको संख्या पनि यसै वर्ष सर्वाधिक बढ्न पुग्यो । तर, लगानीकर्ता र बजार पुँजीकरणजस्तो कम्पनी सूचीकरण हुने प्रक्रिया नबढे पनि सूचिकृत कम्पनीको शेयरमूल्यमा भने ठूलै अन्तर आएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र बजारमा सूचिकृत कम्पनीमध्ये चार कम्पनी सबैभन्दा महँगो शेयर भएका कम्पनीहरू छन् । जसमा केही वर्षअगाडि थोरै रकम लगानी गर्ने लगानीकर्ताहरूसमेत आज लाखौँ रुपैयाँबराबरको सम्पत्ति बनाउन सफल बनेका छन् ।

प्रकाशित मिति: : 2022-03-01 17:48:00

प्रतिकृया दिनुहोस्